अन्तिममा सम्हालिन नसक्दा आर्सनल लेस्टरसँग पराजित

लन्डन : प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीसित हार व्यहोरेको छ । अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनल १–० गोल अन्तरले पराजित भएको हो ।

दुबै टिमले खेलको अन्तिम १० मिनेटसम्म कुनै पनि गोल गर्न सकेका थिएन् । तर खेलको ८०औँ मिनेटमा लेस्टरका लागि मार्क नभएका जेमी भार्डीले हेडमार्फत् जाली चुमाए । यही गोल खेलको निर्णायक बन्यो । त्यसपछि दुबै टिमले गोल गर्न सकेनन् ।

लेस्टरले यस सिजनको ६ खेल खेलिसक्दा ४ मा जित र र २ मा हार व्यहोरेको छ । त्यस्तै आर्सनले समान खेल खेलिसक्दा ३ मा जित र समान ३ खेलमा हार व्यहोरेको छ ।

आजको खेल ब्रिफटोन र वेस्ट ब्रमबीच हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...