पर्वतको डिमुवामा एक ब्यक्ति मृत फेला

तनहुँमा लागुऔषध सहित एक पक्राउ

पोखरा, कात्तिक १३ गते । पर्वतको मोदी गाँउपालिका–६ माथिल्लो डिमुवामा घर भाडामा बस्ने एक ब्यक्ति मृत फेला परेका छन् । बिहिबार विहान मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घर भाडामा लिई चेतन मेडिकल संचालन गरी बस्ने सुर्खेत जिल्ला चौकुने गाँउपालिका–५ बस्ने गोरे खत्री क्षेत्रीको छोरा वर्ष ३० को चेतन भन्ने चन्द्र बहादुर खत्री आफ्नै डेराकोठामा भित्र बाट ढोका बन्द गरी,सुत्ने बेडमा बसेको अबस्थामा (सडिगलेको दुर्गन्धीत) फेला परेको र खबर प्राप्त हुन साथ प्रहरी टोलि पुगी थप अनुसन्धान भईरहेको बताइएको छ ।

 

त्यस्तै तनहुँबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । तनहुँ ब्यास नगरपालिका–४ मा रहेको माछापुच्छ्रे बैंकको एटीएम मा जिल्ला पर्शा पटेरुवा सुगौली–३ घर भई हाल जिल्ला तनहुँ शुक्ला गण्डकी नगरपालिका ४ स्थित बाईक सोरुम (यामाहा)मा काम गर्ने वर्ष १९ को किरण बानियाँले सोही एटिएममा अनावश्यक हर्कत गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगेको थियो ।

 

प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा साथबाट नाईट्रोजन १३५ थान फेला परेको प्रहरीले जनाएको छ । पक्राउ गरीएका बानियाँले चलाएको बा११प ९९६५ नम्वरको मोटरसाईकल र निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...