पोखरा, कात्तिक १३ गते । गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण बाग्लुङ जिल्ला गलकाेट नगरपालिकाका ३ का ७२ बर्षीय पुरुषको निधन भएको हो ।
कोरोना संक्रमित पुरुषको बिहिबार बिहान ५:५ बजे पाेखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकाे आईसियुमा उपचारका क्रममा निधन भएको हो । उहाँमा गत कार्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।योसंगै प्रतिष्ठानमा ज्यान गुमाउनेकाे संख्या २१ हाे ।