पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रिमत आज (शुक्रबार)पुष्टि भएको छ । गण्डकीमा २६९ जनामा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सबै भन्द धेरै कास्कीमा १८३, नवलपरासीमा २७, तनहुँमा २१, पर्वतमा १०, बाग्लुङमा ९, स्याङजामा ७, लम्जुङ, गोरखा र म्याग्दीमा ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।