फेवातालमा १५ हजार माछाका भुरा छाडियो

पोखरा, असोज १६ गते ।पोखराको फेवातालमा माछाका भुराहरु छाडीएको छ । विभिन्न प्रजातीका १५ हजार माछाका भुरा तालमा छाडिएको हो ।

महानगर प्रमुखमानबहादुर जिसी, पोखरा महानगर वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा, वडा नं ६ काअध्यक्ष जगत पहारी, महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया लगायतले तालमा माछाका भुरा छोडेका हुन् । महानगरले वर्षेनी तालमा माछाका भुराहरुमा छाड्ने गरेको छ ।

वडा नं १८ का अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु दाहालले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...