स्कुटर पुलको बारमा ठोक्किदा स्याङजाका बस्नेतको मृत्यु

पोखरा, असोज १७ गते । कास्कीको अन्नपूर्ण गाँउपालिकामा दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । शनिबार साँढे चार बजे समयमा अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल स्थित कास्की–पर्वत जोडने पक्की पुलको बारमा स्कुटर ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनाबाट स्कुटरमा सवार दुवैजना घाईतेहरु भएको र उपचारका लागि पोखरा ल्याएको थियो । स्कुटरमा सवार स्याङ्जा आधिखोला गाउँपालिका–६ बस्ने वर्ष अन्दाजी २६ को पुस्कर बस्नेतको मेट्रोसिटि अस्पतालमा उपचारको क्रममा साँढे छ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्कुटर चालक स्याङकै अन्दाजी २५ वर्षका सन्तोष न्यौपानेको अस्पतालमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।पोखराबाट पर्वत तर्फ जाँदै गरेको ग १० प २१२२ नम्वरको स्कुटर आफै अनियन्त्रीत भई ठक्कर खादा दुर्घटना थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...