मोटसाइकलको ठक्करबाट श्रेष्ठ घाइते

पोखरा, असोज १७ गते ।तनहुँको रिसिङ गाँउपालिकामा मोरसाईकलले एक बृद्धा घाइते हुनुभएको छ । शनिबार विहान तनहूँ रिसिङ गाउँपालिका–८ दुईघरे स्थित ढुङगाडे मानपुर कच्ची सडक खण्डमा ढुङगाडेबाट मानपुर जाँदै गरेको ग ८ प १२६७ नम्वरको मोटरसाईकलले पैदलयात्री वर्ष ८२ की मैनादेबी श्रेष्ठलाई ठक्कर दिँदा घाईते हुनुभएको छ ।

घाईते श्रेष्ठको उपचारको लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीले ठककर दिने मोटरसाईकललाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...