हतियारमा हुने खर्च दिगो विकासमा लगाऔँ मन्त्री ज्ञवाली

काठमाडौँ, असोज १८ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पारमाणविक हतियारमा खर्च हुने वित्तीय स्रोतलाई दिगो विकास लक्ष्य हासिल गर्न समग्र सुरक्षा र मानवताको भलाइका लागि लक्षित गर्नुपर्ने बताउनुभएको छ । पारमाणविक हतियारको पूर्ण उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको स्मरणार्थ बसेको उच्च स्तरीय बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले तत्काल आणविक हतियारको पूर्णरूपमा अन्त्य नभएसम्म संसार लामो समयसम्म कहिल्यै सुरक्षित हुन नसक्ने स्पष्ट गर्नुभयो ।


“आणविक विस्फोट चाहे दुर्घटनाले होस् वा जानिबुझी भएको होस् आँखा झिम्क्याउन नपाउँदैको समयमा धेरैकोे ज्यान लिन सक्छ,” उहाँले चेतावनी दिनुभयो । वर्तमान महामारीको कारण भएको विनाशलाई सङ्केत गर्दै उहाँले खोपका लागि भइरहेको वैज्ञानिक दौडले कोभिड–१९ विरुद्धको युद्ध जित्ने आशालाई जीवित राखेको बताउनुभयो । “तर कुनै खोपले हामीलाई आणविक प्रकोपबाट जोगाउने छैन”, उहाँले तर्क गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...