म्याग्दीमा भिर बाट लडेर घाइते

पोखरा, असोज १८ गते । म्याग्दीमा भिरबाट खसेर लालकुमार छन्त्याल घाइते हुनुभएको छ । आइतबार विहान बजेको समयमा जिल्ला म्याग्दी धौलागिरी गाउँपालिका–५ मल्कावाङ बस्ने वर्ष ४० का लाल कुमार छन्त्याल घर नजिकै रहेको भिरमा घास काटन गएको बेला भिरबाट लडेर घाइते भएको गण्डकी प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाईते छन्त्यालको प्रभु एयरको हेलीकप्टरबाट उपचारका लागि मनिपाल अस्पताल पोखरा ल्याएको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यसैवीच गोरखामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउासे १ बजेको समयमा गोरखा नगरपालिका–८ कट्टेल चोक स्थित गोरखा आँबुखैरेनि सडकखण्डमा दशकिलोबाट गोरखा तर्फ आउंदै गरेको प्र.३–०२–००१ प ३२६ नंम्वरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको बा १९ च ५०४९ नंम्वरको बोलेरो जिपले ठक्कर दिंदा मोटरसाईकलमा सवार गोरखा नगरपालिका–१२ दशकिलो बस्ने वर्ष २३ को जितेन्द्र कुमाल र २१ की मिना गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैको एपोलो अस्पताल गोरखामा उपचार भैरहेको र जिप र चालक प्रहरीको नियन्त्रणमा, रहेको जनाइएको छ । घ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...