रुपा गाँउपालिकालाई एम्वुलेन्स हस्तान्तरण

पोखरा, असोज १८ गते । कास्कीको रुपा गाउँपालिकाले आफनै एम्वुलेन्स सेवा सुरु गर्ने भएको छ । गाउँपालिकाले विगत छ महिना देखि डाक्टर सेवा सुरु गरेको थियो ।

एम्वुलेन्स नहुदाँ कार्यक्रम प्रभावकारी हुन सकेको थिएन् । एम्वुलेन्ससंगै कार्यक्रम प्रभावकारी हुने गाँउपालिका अध्यक्ष नवराज ओझाले बताउनुभयो । प्रतिनिधि सभा सांसद खगराज अधिकारीको विशेष पहलमा भारतीय दुतावास मार्फत गाँउपालिकालाई एम्वुलेन्स प्राप्त भएको हो । आइतबार एम्वुलेन्स प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले गाँउपालिका अध्यक्ष ओझालाई हस्तान्तरण गर्नुभयो । उक्त एम्वुलेन्स अव छिटै सञ्चालन गर्ने अध्यक्ष ओझाले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...