गण्डकीका कृषिमन्त्रीलाई कोरोना संक्रमण

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना पुष्टि भएको भएको छ ।

मन्त्री थापामगरका पिए भरत खनालका अनुसार सोमबार सामान्य खोकीसहित संकेत देखिएपछि स्वाब संकलन गरिएको थियो । बुधबार बिहान नतिजा पोजेटिभ आएको हो ।

अहिले मन्त्री थापामगरको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ आफ्नै निजी निवासमा आइसोलेसनमा बस्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...