पोखराका २२ सहित गण्डकीमा थपिए ६८ नयाँ संक्रमित

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशमा फेरी ६८ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका पाँच जिल्लाका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका मध्य पोखरा महानगरपालिकाका २२ जना, लम्जुङका ६ जना, म्याग्दीका १३ जना, स्याङजाका १६ जना र नतहुँका ११ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...