पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विवरण अनुसार सबै भन्दा धेरै १७९ कास्की जिल्ल्लामा संक्रमित थपिएका छन् ।
कास्की कोरोनाका लागि हट स्पट बनेको छ । स्याजामा २२ जना, तनहुँमा १९ जना, नवलरासीमा १८ जना,म्याग्दीमा १३ जना,लम्जुंगमा ८ जना, गोरखामा ३ जना र पर्वतमा २ जना नयाँ संक्रमित थपिएका छन् ।