पोखराका तीन सहित गण्डकीमा आइतबार कोरोना संक्रमणबाट चार जनाको मृत्यु

पोखरा, कात्तिक २३ गते । गण्डकी प्रदेशमा आइतबार कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिका १३ का ९२ वषीय पुरुषको होम आइसोलेसनमा ृमृत्यु भएको हो ।

उहाँमा कात्तिक १६ गते कोरोना पोजेटिभ भएको थियो । आफनै घरमा बसीरहेका ती पुरुषको मृत्यु भएको हो । यता पोखरा महानगरपालिका ८ का ६७ वषीय पुरुषको निधन भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ९ का ७५ वषीय पुरुषको निधन भएको छ ।गण्डकी मेडिकल कजेजमा उपचारका क्रममा आइतबार विहान निधन भएको हो ।

त्यस्तै स्याजाका गल्यांग नगरपालिकाका ५०वषीय पुरुषको मृत्यु भएको छ ।लुम्विनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा ज्यान गएको हो । कात्तिक १८ गते उहाँमा कोरोना संक्रण पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...