सातै प्रदेशमा अन्तराष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण गछौ ः सदस्यसचिव सिलवाल

पोखरा, कात्तिक २४ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको विकासका लागि विकेन्द्रीकरण गर्नुपर्ने बताउनु भएको छ ।

नयाँ खेलकुद विकास ऐन अन्र्तगत खेलकुद परिषद्को सदस्यसचिवमा दोश्रो पटक नियूक्त हुनु भएका सिलवालाई पोखरामा आयोजना गरिएको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले संघीय राजधानी काठमाडौमा मात्रै प्रतियोगिता केन्द्रीत गरेर खेल क्षेत्रको विकास नहुने बताउनुभयो । ‘प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार निर्माणका हिसाबले एउटै ठाँउमा केन्द्रीकृत गरेर हुदैन सबै क्षेत्रमा विकेन्द्रीत गर्नुपर्छ ।’

उहाँले आफनो चार वर्षे कार्यकालमा सातै प्रदेशमा अन्तराष्ट्रियस्तरका भौतिक पूर्वाधार निर्माण गर्ने बताउनुभयो । ‘सातै प्रदेशमा अन्तराष्ट्रिय प्रतियोगिता गर्नसक्ने पूर्वाधार निर्माण गर्नेछौ । चार वर्षपछि मैले छोडेर जाने बेलामा पत्रकार सम्मेलन गरेर फेहरिस्त सार्वजनीक गर्ने छु ।’ उहाँले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरसको महामहारी बाहेक अन्य कुनै कारणले नसर्ने बताउनु भयो । ‘महामारीका कारण स¥यो भने मात्रै नत्र तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ ।’ उहाँले भौतिक पूर्वाधारका कारण नवौ खेलकुद नहुने अवस्था छैन भन्दै तीन महिनामा १३ औ साग सम्पन्न भयो चार महिनामा राष्ट्रिय खेलकुद नहुने भन्ने छैन भन्नुभयो । पोखरामा स्वीमिङ पुल बन्न नसकेपनि त्यसको विकल्प रहेको बताउदै भन्नुभयो, सुटिङ खेल काठमाडौमा गरेर अरु गण्डकी प्रदेशमा गर्नसकिन्छ ।

नवौ राष्ट्रिय खेलकुदलाई विगतका प्रतियोगिता भन्दा भब्य बनाउने बताउदै उहाँले भन्नुभयो, गण्डकी प्रदेशका ११ जिल्लालाई न्यूनतम एक खेल आयोजना गर्ने अवसर प्रदान गरिने बताउनुभयो । ‘सवै जिल्लाले राष्ट्रिय खेलमा आपनत्व गर्न पाउने गरी एक जिल्ला एक खेल आयोजना गछौ ।’ सदस्यसचिव सिलवालले खेलकुदले माहोल सृजना गर्नसक्नुपर्छ उहाँले भन्नुभयो, दर्शक विनाको खेलको अर्थ नहुने बताउनुभयो । दर्शक विनाको खेलकुद नुन विनाको तरकारी जस्तो हुने बताउदै उहाँले राष्ट्रिय खेलकुदले माहोल सृजना गर्ने गरी महोत्सवका रुपमा गर्ने योजना बनाएका छौ । कोरोना महामारी काहाँसम्म जान्छ भन्ने एकिन नभएकाले अन्यौल भएको बताउनुभयो ।

परिषद् सदस्य राजेशकुमार गुरुङले खेलकुदमा गफ भन्दा काम गर्नुपर्ने बताउनुभयो । उहाँले आफुले खेलकुद र खेलाडीको पक्षमा काम गरेको बताउदै परिषद र ब्यक्ति कसैको एक रुपियाँ नखाएको दावी गदै भन्नुभयो, ‘मैले खेलाडीलाई प्रोत्साहन गर्न खोजीको पैशा खर्च गरेको छु । खुराफाती गर्नेहरुले मेरो बदनाम गर्न खोजेका छन् ।’ उहाँले पदले नभई काम र ब्यवहारले ठूलो हुने भन्दै खेलकुदमन्त्री जगत विश्वकर्मा, सदस्यसचिव र आफु वीच फाटो ल्याउन खोजिएको बताउनुभयो ।

खेलकुदु पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले खेलकुद क्षेत्रको विकासमा अवको कार्यकाल खेलकुद क्षेत्रले प्रशंसा गर्न योग्य काम गर्न आग्रह गर्नुभयो । उहाँले सिलवालको कार्यकालमा पोखरामा निर्माण हुन नसकेको भौतिक पूर्वाधार बन्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

क्षेत्रीय खेलकुद विका समितिका उपनिर्देशक कृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रक्रमममा क्षेत्रीय खेलकुद विकास समितिका नायबसुब्बा डिवी नेपाली, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रमा विभिन्न खेल संघहरुले सदस्यसचिव सिलवाल, परिषद सदस्य राजेशकुमार गुरुङ, पुरेन्द्रविक्रम लाखेलाई माला, खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...