पोखरा, कात्तिक २६ गते ।ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा भिमाद नगरपालिका २ बन्दिछाप बाट पक्राउ हो ।
एकजना मानिस भरुवा बन्दुक बोकि हिडिरहेको भन्ने विशेष सूचनाको अधारमा प्रहरी चौकी किँहूबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमाद नगरपालिका २ बन्दिछाप सिमलबोट बस्ने ६० वषीय टुकबहादुर थापा रहेका छन् ।
पक्राउ परेका उनको साथबाट प्रहरीले १ नाले भरुवा बन्दुक फेला बदामद गरेको छ । पक्राउ परेका थापालाई हातहतियार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।