पोखरा, कात्तिक २५ गते । गण्डकी प्रदेशमा मंगलार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउसो पहिलो विज्ञप्ति मार्फत चार जिल्लाका ६१ जना थपिएको जनाएको छ ।
थपिएका मध्य पोखरा महानगरपालिकाका ३१ जना रहेका छन् भने कास्कीकै रुपा गाँउपालिकाका ३ र मादी गाँउपालिका ५ जना रहेका छन् । त्यस्तै बाग्लुङका ७, गोरखाका सात, स्याङजाका ९ गरी ६१ थपिएका हुन् ।