चुरोट हराएको विषयमा विवाद हुदाँ चौधरीको ज्यान गयो, श्रेष्ठ तनहुँबाट फक्राउ

पोखरा, कात्तिक २६ गते । हत्याको आरोपका कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

कात्तिक २२ गते जिल्ला दाङ घोराही घरभई पोखरा महानगरपालिका वडा नंम्वर ६ बसुन्धरापार्कमा बसी कवाडीको सामानहरु उठाउने काम गदै आएका अन्दाजी २५ का कृष्ण चौधरीलाई कुटपिट गरेको र टाउकोमा गम्भिर चोट लागि घाईते बनाएको प्रहरीले जनाएको छ । घाइते अबस्थामा फेलापारी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगिएकोमा उपचारकै क्रममा चौधरीको मृत्यु भएको थियो ।

 

घटना सम्बन्धमा कास्की प्रहरीले अनुसनधानको क्रममा सिन्धुली सुनकोशी गाउँपालिका वडा नं १ कुशेश्वर दुम्जा घर भई पोखरा ६ बसुन्धरापार्क बस्ने प्रेम भन्ने नन्दलाल श्रेष्ठको संलग्नता देखिएकोले प्रहरीले जनाएको छ । श्रेष्ठलाई खोजतलास गर्दा मंगलबार तनहुँ आबुखैरेनी नगरपालिका वडा नम्वर २ माक्र्यु सडक खण्डबाट फक्राउ गरिएको जनाएको छ ।

 

पक्राउ परेका श्रेष्ठलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धामा अनुसन्धान भैरहेको छ । दुवै जना कात्तिक २२गते साँझ संगै बसी “सौफी” नाम गरेको रक्सी र सोही समयमा चुरोट हराएको बिषयमा एक आपसमा झै–झगडा हुँदा नन्दलाल श्रेष्ठले कृष्ण चौधरीको टाउकोमा ढुङगाले हिर्काई गम्भिर घाईते बनाएर श्रेष्ठ फरार भएको अनुसन्धानका क्रममा खुलेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...