नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न डिआईजी अर्यालको निर्देशन

पोखरा, कात्तिक २७ गते । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण गर्नुभएको छ । यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत दिनुभएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, भौगोलिक अवस्था, समस्या तथा चुनौती लगायत कोरोना भाईरस नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक अर्यालले निरिक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाईसम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक आर्यालले बद्लिदो परिस्थिति अनुरुप आम नागरिकमा प्रहरी प्रतिको विश्वास एवं अपेक्षामा समेत वृद्धि हुँदै गएकाले प्रहरीले समेत नागरिकलाईनै केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्न निर्देशन गर्नुभयो ।

साथै सबै प्रकारका दण्डहिनताको अन्त्यको लागि कुनैपनि सामाजिक अपराधहरुले प्रश्रय पाउन नहुने बताउँदै यसप्रति सचेत भई जिल्ला अन्तर्गत हरेक नागरिकले प्रहरी सेवाको महसुस हुने गरि विशेष कार्ययोजनाका साथ प्रहरी परिचालन हुनुपर्नेमा समेत प्रहरी नायव महानिरीक्षक अर्यालले जोड दिनुभयो ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको अवस्था, भौगोलिक अवस्था, समस्या तथा चुनौती लगायतका वियषमा जानकारी गराउनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...