पोखरा, कात्तिक २७ गते । फेदिखोला ३ भाटखोलाको श्री जनप्रिय माध्यमिक विद्यालयको चार कोठे पक्की भवनको शिलान्यास गरिएको छ ।
नेपाल सरकार राष्ट्रिय पूर्न निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई स्याङ्जाको अनुदानमा निर्माण हुने चार कोठे पक्की भवनको शिलान्यास जिल्ला समन्वय समिति स्याङजका प्रमुख सीता सुन्दासले गर्नुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष अर्जुनकुमार सुनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेदिखोला गाँउपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा, जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख रामप्रसाद आचाय,वडाध्यक्ष कृष्णबहादुर रानाभाट,वडासदस्य परसुराम रानाभाट, शिक्षक संगठन अध्यक्ष कमला रानाभाटको सहभागीतामा सर्म्पन्न भयाो । कार्यक्रमको संचालन प्रधानाध्यपक रामप्रसाद शर्माले गर्नुभएको थियो।