गण्डकीमा बिहिबार थपिए २ सय संक्रमित, एक जनाको मृत्यु

पोखरा, कात्तिक २७ गते । गण्डकी प्रदेशमा बिहिबार कोरोना भाइसरका २०० नयाँ संक्रमित थपिएका छन भने एक जनाको मृत्यु भएको । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहाबार साँझ पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै ६४७ को स्वाब परिक्षण गर्दा २ सय संक्रमित र ४४७ को नतिजा नेगेटिभ आएको जनाएको छ ।

बिहिबार ९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कास्कीमा ६९ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासीमा ४८, तनहुँमा ४७, स्याजा १२, लम्जुंग ८, बाग्लुग ५, पर्वत ५, मुस्तांग ३, गोरखा २ र म्याग्दी १ जना संक्रमित भएका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या ९९०३ पुगेको छ ।

पहिलो विज्ञप्तिमा गण्डकीमा १०६, दोश्रोमा २७ र तेश्रोमा १२ जना, चौथो विज्ञप्तिमा ५५ जना संक्रमित थपिएको जनाएको छ ।थपिएका मध्य पोखरामा महानगरमा ५९ जना रहेका छन् । पहिलोमा २४ दोश्रोमा २४ र तेश्रोमा ११ जना चौथोमा ५५ जना थपिएका छन् ।।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...