प्रहरीका अनुसन्धानका सारथी कुकुरको पुजा

पोखरा, कात्तिक २९ गते । आज यमपञ्चको दोस्रो दिन अर्थात लक्ष्मी पुजा एवं कुकुर पुजा । कुकुरलाई पुजा गरी मनाइएको छ । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा थप सहजता प्रदान गर्दै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुको समेत आज विधिवत पुजा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको कुकुर शाखामा रहेका कुकुरहरुको एक कार्यक्रमका बिच पुजा गरि कुकुरहरुलाई मिठा मिठा परिकारहरु समेत खुवाइएको छ । सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ र उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई माला पहिराई पुजा गरि मिठा खाने कुराहरु प्रदान गर्नु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...