कालिज र भरुवा बन्दुक सहित ५ जना पक्राउ

पोखरा, कात्तिक ३० गते । कालिज र भरुवा बन्दुक सहित पाँच जना पक्राउ गरेको छ । रातको समयमा म्याग्दी बेनी नगरपालिका ४ थामडाडाँ स्थित अर्जे खोलाको जंगलमा भरुवा बन्दुक प्रयोग गरी बन्यजन्तु चोरी सिकार गरेको स्थानीयको सुचनाका आधार प्रहरीले पक्राउ गरेको हो ।

एकनाले भरुवा बन्दुक,कालिज जस्तो देखिने चरा २ वटा सहित ५ जना मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल््ला प्रहरी कार्यालय म्याग्दी पठाईएको छ । पक्राउ परेका उनिहरुलाई अनुसन्धान समेत भईरहेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका ४ थामडाडा बस्ने वर्ष ३६ को सक बहादुर गुरुङ, वर्ष २१ को संजय गुरुङ, वर्ष २५ को सन्तोष गुरुङ, वर्ष २० को संदिप गुरुङ, वर्ष ४९ को पुर्ण गुरुङ रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...