गण्डकीमा आइतबार थपिए २०५ नयाँ कोरोना संक्रमित

पोखरा, कात्तिक ३० गते । गण्डकी प्रदेशमा आइतबार २०५ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गरेको छ ।

विवरण अनुसार ९८८ को स्वाब परीक्षण गरिएकोमा ७८३ को नतीजा नेगेटिभ आएको छ ।पछिल्लो २४ घण्टामा ५६१ जना कोरोनामुक्त भएका छन् भने होमआइसोलेसनमा ३४२६ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा धेरै ११० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासीमा ३६,गोरमा १४, लम्जुंगमा १४,मुस्तांगमा १३, बाग्लुंगमा ९, तनहुँमा ६, पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...