पोखराका २८ सहित गण्डकीमा थपिए ४६ नयाँ संक्रमित

पोखरा, मंसिर ८ गते । गण्डकी प्रदेशमा ४६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार दिउसो जारी गरेको तीन विज्ञप्ति अनुसार ४६ संक्रमित थपिएका हुन् ।

पहिलो विज्ञप्तिमा पोखराका १५ जना, दोश्रो विज्ञप्तिमा १५ जना र तेश्रोमा १६ जना गरी ४६ जना थपिएका हुन् । थपिएका मध्य सवैभन्दा धेरै २८ जना पोखरा महानगरपालिका रहेका छन् । योसंगै गण्डकीमा १११०७ संmक्रमित पुगेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...