दुई जनाको मृत्यु

पोखरा, मंसिर ९ गते । कास्की र तनहुँ जिल्लामा गरी दुई जनाको मृत्यु भएको छ । तनहूँ ब्यास नगरपालिका १० डि गाउँमा बिगत १२ वर्ष अगाडी देखी सोही एरियामा काम गरी खाने वर्ष ४५ को पुरुषको बेबारिसे अवस्थामा टेन्ट टागी सुतेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै भारतबाट आएका बाग्लुङका वर्ष २८को दिवस केसीलाई काँकडभित्ताबाट पोखरा आउने बा ३ ख ९६२१ नंम्वरको बसमा आएको र पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बसपार्कमा आईपुग्दा बस भित्रको गल्ली (्हिडने बाटो) मा उत्तानो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

तत्कालै प्रहरी टोलि खटि गई बुझ्दा मृतकको मुखबाट रगत बगेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...