नागरिकका माझ उत्कृष्ट सेवा प्रवाह गर्न अर्यालयको निर्देशन 

पोखरा, मंसिर १० गते । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले हिमालपारिको जिल्ला मुस्ताङ मातहतका कार्यालयहरुको निरीक्षण गर्नुभएको छ ।

सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं प्रभावकारी बनाउने उदेश्यले प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश मातहतका सुरक्षा कार्यालयहरुको निरिक्षण गर्नुभएको हो ।  नायव महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय मुस्ताङ साथै मातहतका ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी घाँसा लगायतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्नुभएको हो ।

 

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले जस्तासुकै भौगोलिक विकटता भएका स्थानहरुमा पनि नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले आम नागरिकमा माझ उत्कृष्ट सेवा प्रवाह गर्दै आईरहेको बताउँदै भौगोलिक विकटता एवं अपर्याप्त स्रोधसाधन जनमुखि प्रहरी सेवा प्रवाहको बाधक हुन नहुने कुरा बताउनुभयो । साथै प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्ययोजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोडदिन समेत उहाँले निर्देशन गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...