पोखरा, मंसिर १५ गते । कोरोना भाइरस संक्रमणबाट सोमबार पोखरामा चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले चार जनाको मृत्यु भएको विज्ञप्ति जारी गदै जनाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर ३ का ६५ बर्षीय पुरुष रहेको जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ । ती पुरुषमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा १६ की ५७ बर्षीय महिलाको कोरोना संक्रमणबाटै ज्यान गएको छ । उनको चरक मेमोरियलमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनमा मंसिर १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ का ५१ बर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकामा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता पोखरा १४ का ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचकार क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा पनि मंसिर ११ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।