कोरोना संक्रमणबाट पोखरामा सोमबार पाँच जनाको मृत्यु, गण्डकीमा ९१ संक्रमित थपिए

पोखरा, मंसिर १५ गते । कोरोना भाइरस संक्रमणबाट सोमबार पोखरामा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माका अनुसार पाँच जनाको मृत्यु भएको हो । तीन जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, एक जनाको चरक मेमोरियल र एकजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको दिर्नेशक शर्माले जानकारी दिए ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर ३ का ६५ बर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ । मृतक पुरुषमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा १६ की ५७ बर्षीय महिलाको कोरोना संक्रमणबाटै ज्यान गएको छ । उहाँको चरक मेमोरियलमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा मंसिर १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ का ५१ बर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकामा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यता पोखरा १४ का ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा पनि मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै पोखरा १३ की ७८ बर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पोखराको मणिपाल शिक्षा अस्पतालमा उपचारका क्रममा सोमबार दिउसो मृत्यु भएको हो । उहाँमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुने को संख्या १५९ पुगेको छ । त्यस्तै सोमबार गण्डकीमा ९१ नयाँ संक्रमित थपिएका छन् ।सबैभन्दा धेरै कास्कीमा ४५ जना रहेका छन् । त्यस्तै गोरखामा १२, म्याग्दीमा १०,बाग्लुंग ८, स्यांजामा ७, नवलपरासीमा ४, मुस्तांगमा ३ र तनहुँमा २ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...