स्याङजा : शव फेला परेको
मिति २०७७।०८।१७ गते गल्याङ नगरपालिका-१ राम्दी स्थित कालीगण्डकी नदीमा पानीमा बगीरहेको हालसम्म नामथर वतन नखुलेको वर्ष अन्दाजी ३०\३५ की महिला पानीमा बगीरहेको अवस्थमा दाह संस्कार गर्न आएका मानिसहरुले देखि पानीबाट बाहिर निकाली खवर गर्नासाथ तत्कालै प्रहरी टोली खटिई घटनका विषयमा थप अनुसन्धान भईरहेको छ ।
नवलपरासी(पूर्व) : लागूऔषधहित १ जना पक्राउ
मिति २०७७।०८।१७ गते देवचुली नगरपलिका-१५ प्रगतीनगर स्थित पुर्व पश्चिम राजमार्गमा RSCC चेकिङ खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९१८१ नं.को बसलाई रोकी यात्रुहरुको झोला पोकाहरु चेकजांच गर्ने क्रममा जिल्ला तनहुं व्यास नगरपालिका-३ विसघरे वस्ने वर्ष १९ को सिहन मिया र जिल्ला झापा दमक नगरपालिका-२ घर भएका १९ वर्षिय विवेक रानाको साथमा रहेको झोला खोली हेर्दा निम्न अनुसारको लागूऔषध फेला पारि निजलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
१. डाइजापाम २५ एम्पुल ।
२. नुफिन २५ एम्पुल ।
३. फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल ।
स्याङ्जा : लडि घाईते
मिति २०७७।०८।१७ गते अं.१२:३० बजेको समयमा जिल्ला स्याङ्जा वालिङ नगरपालिका- ८ कटहर वोट बस्ने चप्राक मियाको घर पेन्टिङ गर्ने क्रममा ऐ. १० बस्ने वर्ष २८ को प्रकाश कुमाल घरको चार तला माथिबाट अचानक खस्न गई घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा पठाईएको , घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
बागलुङ : आगलागि
मिती २०७७।०८।१७ गते अदाजी ११:१५ बजेको समयमा जिल्ला बागलुङ ,बागलुङ नगरपालिका वडा-३ गुठी बस्ने वर्ष अन्दाजी ४०।४५ को दल बहादुर किसानको ढुङगामाटोले बनेको ढुङगाको छानो भएको दुई तले कच्चि घरमा निजको छोरा वर्ष अन्दाजी ८।९ शिबजि किसानले घरको बिच तलामा लाईटर जलाउदा आगो सल्किई घरमा आगोलागी हुदा घर जली पुर्ण रुपमा क्षति भएको,मानबिय र चौपाय क्षति नभएको,विधुतको मिटरबक्स,नगद रू५२,०००।(बाउन्न हजार),तिनतोला सुन लगाएत कपडा र फर्निचर जलि नष्ट भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली गई आगो पुर्ण रुपमा नियन्त्रणमा लिई घटना सम्बन्धि थप अनुसन्धान भईरहेको छ ।
पोखरा
राजेन्द्रबाबु रेग्मी
(प्रहरी नायव उपरिक्षक) मो.न.: ९८५१००६२३३ |
मिति २०७७।०८।१७ गते ।