पोखराका ७१ सहित गण्डकीमा १०६ संक्रमित थपिए

पोखरा, मंसिर २३ गते । गण्डकी प्रदेशमा मंगलबार १०६ नयाँ संक्रमित थपिएका छन् । पोखरामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुन पोखरा महानगरपालिका ३४ बर्षीय पुरुष रहेका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका चार विज्ञप्ति अनुसार थपिएका मध्य ७१ जना पोखरा महानगरपालिकाका रहेका छन् ।

 

त्यस्तै नवलपरासी पूर्वका ९ जना, बाग्लुङका ८ जना, तनहुँका ५ जना, लमजुङका ६ जना, स्याङजाका ५ जना र पर्वतका एक जना संक्रमित रहेका छन् । गण्डकीमा कोरोना संक्रमितको संख्या १२८८० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...