पोखरामा नेपाल विद्यार्थी संघ सिठ्ठी जुलुस

पोखरा, मंसिर २८ गते । नेपाल विद्यार्थी संघ कास्कीले आईतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ । नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन ने.वि संघले सिठ्ठी जुलुसको आयोजना गरेको हो । नेपाल विद्यार्थी संघको केन्द्रिय समितीको ७७ वटै जिल्लामा कार्यक्रम गर्ने परिपत्र अनुसार कास्कीको सिठ्ठी जुलुस निकालिएको पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्लेले बताउनुभयो ।


कोरोना महामारीको समयमा सरकार सुतिरहको जस्तो देखिएकोले सिठ्ठीको आवाजले मार्फत उठाउन जुलुस निकालिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको जुलुस महेन्द्रपुल चिप्लेढुङ्गा हुदै वि.पि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांग्रेसका सभापती कृष्ण के.सीले सम्बोधन गर्नुभएको थियो ।

 

कोणसभामा ने.वि संघका पूर्व केन्द्रिय सदस्य सरोज के.सी, पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्ले र पोखरा विश्व विद्यालयका सभापती फिरोज सुवेदी लगाएतले पनि बोल्नुभएको थियो । नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापती विकाश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ने.वि संघका पूर्व सभापती विक्रमआदित्य गिरीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...