पोखरा, मंसिर २९ गते ।एलायन्स क्लब अफ गोरखा मनकामना गठन भएको छ । पहिलो पटक गोरखामा अलायन्स क्लब गठन भएको हो । सकुन थापा मगरको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन भएको हो । क्लबको उपाध्यक्षमा चलमाया राना, सचिवमा रोजीना श्रेष्ठ, कोषाध्यक्ष सरस्वती पन्थ गैहे चयन हुनुभएको छ ।
सदस्यहरुमा जुना थापा, रेक्सोना थापा, टुकुमाया क्षेत्री, मिनमाया थापा, सेती माया गुरुङ, रुकमणी गुरुङ, सिर्जना परियार, भागीरथी श्रेष्ठ, ढकमाया राना, कल्पना बयलकोटी,तुलकमारी थापा र आशकुमारी थापा चयन हुनुभएको छ । कार्यक्रमको प्रमुख अतिथिा गोरखाको सहिद लखन गाँउपालिका उपाध्यक्ष इन्दीरा तिवारीले महिलाहरु समाजिक कार्यमा लाग्नु सकरात्मक भएको बताउनुभयो ।
क्लब गठनमा संयोजनकारी भुमिका निर्वाह गर्नुभएकी रेखा तामाङले महिलाहरुले स्थापना गरेको क्लबले गोरखा जिल्लामा सामाजिक क्षेत्रमा नमुना कार्यहरु गर्ने बताउनुभयो ।कार्यक्रम सञ्चालन प्रतिमा थापा र स्वागत सरस्वती पन्त गैरेले गर्नुभएको थियो ।
अलायन्स क्लब सन् २००८ मा स्थापना भएको हो । विश्वका २२ भन्दा बढि देशमा क्लब विस्तार भएको र नेपालको ४० भन्दा बढि जिल्लामा गठन भईसकेको छ । नेपालमा क्लबको गर्भनर अरुणराज सुर्मागी रहनुभएको छ । उहाँको नेतृत्वमा स्थापना भएको हो । गण्डकी प्रदेशमा पहिलो पटक महिलाहरुमात्रै भएको क्लब गोरखामा गठन गरिएको समन्वयकर्ता रेखा तामाङले बताउनुभयो ।