विश्व पावरलिफटिङमा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान

पोखरा,पुस २ गते। विश्व पावरलिफटिङ–२०२० प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले बिहिबार पोखरामा नगद सहित सम्मान गरेको छ ।

प्रतियोगितामा स्वर्ण पदक विजेता हसन गुरुङ, आशिष आले मगरलाई नगद ७ हजार पाँच सय रुपैयाँ, प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने रजत पदक विजेता राजेश सुवाललाई नगद ५ हजार र सम्मापत्र सहित सम्मान गरिएको हो । अफिसियल जीवन गिरीलाई पनि माया सहित सम्मान गरिएको थियो ।

एमोचियर पावर लिफ्टिङ फेडेरेसन अफ ईण्डियाद्वारा भारतको नागपुरस्थित अमराबतीमा डिसेम्बर ४ देखि ७ तारिखसम्म आयोजना भएको प्रतियोगितामा पाँच नेपाली खेलाडीले सहभागी हुदै तीन स्वण र एक रजत पदक जित्न सफल हुनुभएको थियो । त्यस्तै बुधबार विश्व पावरलिफटिङ–२०२० प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगर परिक्रमा सहित सम्मान गरिएको थियो । नेपाल पावरलिफिटिङ एशोसिएनले खेलाडीहरुलाई पोखरा बजार नगर परिक्रमा सहित सम्मान गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...