दश दिनको पेन्सन काटेर भू.पू सैनिकले बनाए नमुना टोल

उपप्रमुख गुरुङद्धारा फुट ट्रयाकको उद्घाटन

पोखरा, पुस ८ गते । सडकको दायाँ बायाँ ढकमक्क सयपत्री फुल । सडक किनारामा सेतो कालो र पहेलो रंग अनि सफा र चिटिक्क सडक । हेदै आर्कषित । सुन्दर वातावरण । त्यति मात्रै हैन् टोललाई सुरक्षित बनाउन सिसि क्यामेरा । टोलको छ स्थानमा क्यामेरा जडान गरिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १४ को कालिका बहुमुखी क्याम्पस पछाडी रहेको बस्तीको दृश्य हो । भू.पू संैनिक सक्रिय टोलले आफनै खर्चमा टोललाई सुन्दर र चिटिक्क पारेको छ ।

जम्मा २० घर छन् । १४ घर भूपू सैनिकका छन् । तीनै भूपू सैनिकले आफनो पेन्सन बापतको दश दिनको पैशा उठाएर रेलिङ सहितको फुटट्रयाक, फलामको स्टेन सहितको फुलका गमला राखेनका छन् अनि सिसि क्यामेरा जडान गरिएका छन् । आफनो टोलको विकास गर्न सरकारको मात्रै मुख ताक्नुपर्छ भन्ने मान्यतालाई समेत उनीहरुले तोडेका छन् ।

भू.पू सैनिक सक्रिय टोलका कोषाध्यक्ष क्याप्टेन गोलमान गुरुङले भन्नुभयो, बाबापार्टीको पेन्सन र आफना इष्टमित्रबाट पैशा संकलन गरेर टोलमा विकासका काम गरिएको हो । टोलका अध्यक्ष बलबहादुर गुरुङले भन्नुभयो, यहाँ कुलो थियो । त्यो कुलोबाट बग्ने पानीले यहाँ पहिला दलदल थियो । उहाँले भन्नुभयो, ‘बालबच्चा, बृद्धबृदाहरु हिडन समस्या थियो । महानगर र स्थानीयको साझेदारीमा बाटो ढलान भयो । नाला निर्माण भयो ।’

उहाँका अनुसार २३५ मिटर बाटो ढलान भयो अनि नालीमाथि बार सहितको फुटट्रयाक निर्माण गरिएको हो । भूपू सक्रिय टोलका कोषाध्यक्ष क्याप्टेन गोलमानले फुट ट्रयाक, फुटट्रयाकमा रेलिङ, स्टेन सहितको फुलको गमला र टोललाई सुरक्षित बनाउन ६ वटा सिसि क्यामेरा जडान गरेको बताउनुभयो ।

 

सबै कार्यका लागि १२ लाख ८० हजार खर्च भएको जानकारी दिनुभयो । टोलका उपाध्यक्ष दलबहादुर गुरुङले आफनो टोल आफनै बनाँऔ भन्ने उद्देश्यले काम गरेको बताउनुभयो ।

टोललाई व्यवस्थित र सुन्दर बनाउन गरेको खर्च अझै २ लाख ५८ हजार भन्दा बढि अपुग भएको बताउनुभयो । पेन्सन कटाएर ३ लाख ३ हजार, सक्रिय आमा समुहले ५१ हजार विदेशमा भएका आफन्तबाट ५ लाख ९७ हजार गरी १० लाख ५१ हजार संकलन भएको उहाँले बताउनुभयो ।त्यस्तै डम्वरकुमारी गुरुङले आफनो ब्यक्तिगत दुई लाख ५० हजार खर्च गरेर चौतारी निर्माण गर्नुभएको छ । पिपलको रुखमुनी पानी आउँदा समेत बस्न मिल्ते गरी व्यवस्थित रुपमा चौतारो निर्माण गर्नुभएको छ ।

यसैवीच भूपू सैनिक सक्रिय टोलले निर्माण गरेको फुटट्रयाको पोखरा महानगरपालिकका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभएको छ । मंगलबार एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुृदेवी गुरुङले महानगरको विकासमा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । पोखरा महानगरपालिका वडा नम्वर १४ मोहन मार्गस्थित भू.पू सैनिक सक्रिय टोलले निर्माण गरेको फुट ट्रयाकको उद्घाटनपछि बोल्दै उहाँले भू.पू सैनिकहरु आफनो इमान्दारीता, बहादुरी प्रर्दशन गरेर विश्वमा चिनाएको भन्दै टोललाई नमुना बनाउन समेत भुमिका खेलेको बताउनुभयो ।

‘तपाईहरुले गरेको काम हेर्दा ज्यादै खुसी लागेको छ । जसरी भूपूहरु सभ्य, अनुशासित हुन्छन् भन्ने छाप छ । यो टोलमा आउनेहरुले त्यस्तै महशुस गर्ने वातावरण सृजना गर्नुभएको छ ।’ उपप्रमुख गुरुङले हाम्रो महागनर हामी बनाउँछौ भन्ने नारा सहित विकासको काममा अगाडी बढेको बताउनुभयो । उहाँले समाजमा विकासका लागि सहकार्य, एकताका साथ अगाडी बढे विकास गर्न सकिने बताउदै भन्नुभयो, ‘महानगर नागरिकसंग विकासका लागि हातेमालो गरेर अगाडी बढन् तयार छ ।’

उहाँले समाजमा पछाडी परेका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । समाज र देशलाई आर्थिक विकास र समृद्धिमा अगाडी बढाउन महिलालाई सक्षम बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । ‘महिला सबल र सक्षम नहुदाँ समाज र राष्ट्रको विकास सम्भव हुदैन ।’ कार्यक्रममा महानगर कार्यपालिका सदस्य यशोदा केसी भटराईले विकासका लागि सबै एकजुट भएमात्रै सम्भवन हुने बताउनुभयो । वडा सदस्य जीतेन्द्रथजंग थापाले भू.पू. सक्रिय टोल पोखरा १४ को नमुना टोल बनेको बताउनुभयो । भुपु सैनिक सक्रिय टोलका अध्यक्ष बलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत र सचिव टुकबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...