पोखरा, पुस ८ गते । गण्डकी प्रदेशमा १२६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चार विज्ञप्ति मार्फत संक्रमितको नयाँ विवरण सार्वजनीक गरेको हो ।गण्डकीमा थपिएका मध्य ७२ जना पोखरा महानगरपालिकाका रहेका छन् ।
त्यस्तै बाग्लुङ १४ जना, लमजुुङका १६ जना, मनाङका पाँच जना, म्याग्दी आठ जना, तनहुँ ११ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या १४१८५ पुगेका छन् ।