प्रचण्ड–माधव पक्षको प्रदर्शन,प्रतिनिधसभा पुनर्स्थापनामा जाेड

काठमाडौं, पुस १४ गते । नेकपा (प्रचण्ड–माधव) समूहले मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सो समूहले उपत्यकासहित देशभर प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा सो समूहका शीर्ष नेताहरुले प्रतिनिधसभा पुनर्स्थापनामा जाेड दिनु भएकाे थियाे

सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको लडाईमा आफूहरु होमिएको बताउनुभयो । “संविधानमाथि निर्मम प्रहार भयो” उहाँले आरोप लगाउनुभयो । कम्युनिष्ट पार्टी विधि, विधान र पद्धतिले चल्ने भन्नुहुँदै अध्यक्ष प्रचण्डले तर त्याे व्यबहारमा नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले सर्वोच्च अदालतले संविधानको मर्मअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  संविधानलाई कुल्चेर प्रतिनिधिसभा विघटन गरिएकोमा आपत्ति जनाउनुहुँदै नेता नेपालले भन्नुभयो, “प्रतिनिधिसभा विघटन कुनै पनि हिसावले उचित छैन, यसलाई नेपाली जनताले स्वीकार नगरेकाले हामीले पनि अस्वीकार गरेका हौं, यसको पुनस्र्थापना हुन्छ ।” पार्टीको विधि पद्धति र अनुशासन विपरित  काम गरेको पूर्व प्रधानमन्त्री नेपालले टिप्पणी गर्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई समाजवादमा लग्ने पार्टीको पार्टीको नीति विर्सेर एकलौटी ढङ्गले काम गरेको टिप्पणी गर्नुभयो ।विराेधसभाअघि काठमाडौंको विभिन्न चोकबाट सो पक्षको कार्यकर्ताको र्याली प्रदर्शन गरिएको थियो ।  प्रदर्शनीमार्गस्थित प्रदर्शनीमार्गमा गएर विराेधसभामा परिणत भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...