नेकपा ओली समुहको कार्यकता भेला आज पोखरामा, टोपबहादुरले सम्वोधन गर्ने 

पोखरा ,पुस १७ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) माधव नेपाल समुह गरी दुई समुहमा विभाजन भएको छ । औपचारीक रुपमा पार्टी विभाजन नभएपनि जिल्लादेखि केन्द्रसम्म  छुटटाछुटटै बैठक र भेला आयोजना भैरहेका छन् । प्रचण्ड नेपाल समुहले केन्द्रदेखि वडा तहसम्म बैठक र भेला गरेको छ ।

 यता केपी समुहले संघीय राजधानी काठमाडौमा बैठक र भेला आयोजना केन्द्रीत गरेको थियो । तर उसले पनि जिल्ला तहमा भेला सुरु गरेको छ ।नेकपा ओली समुहले शुक्रबार(आज) कास्कीमा बृहत कार्यकताभेला आयोजना गरेको छ । पोखरा सभागृहमा भेला आयोजना गरिएको छ । पार्टिमा स्पष्ट दुइधार देखिएपछि प्रधानमन्त्री केपी ओलि पक्षले आज बिहान ११ः३० बजे  भेला आयोजना गरेको हो।

 

भेलालाइ नेकपा स्थायी कमिटी सदस्य एंव उर्जामन्त्री टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य एबम् गण्डकी प्रदेशका मुख्यमन्त्री समेत् रहनु भएका पार्टीका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकीका  सह इन्चार्ज पुर्ब स्वास्थ्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण  थापाले जानकारी दिनुभयो । भेलामा पार्टीका नेता, कार्यकता, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि लगायत नेकपा ओली पक्षका सबैको सहसभागीता रहने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...