प्रचण्ड–माधव समिकरण पार्टी एकता विरोधी ः रायमाझी

पोखरा, पुस १७ गते । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले समिकरण बनाउने कुरा पार्टी एकता विरोधी भएको बताउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको बृहत कार्यकता भेलालाई सम्वोधन गदै रायमाझीले दुई ठुला कम्यूनिष्ट पार्टीको एकतासंगै देश विकास र समृद्धिको यात्रामा अगाडी बढेको बेला अन्र्तर सघर्षण सुरु गरेर पार्टी एकता विरोधी काम गरेको बताउनुभयो ।

उहाँले पद प्राप्तिसंग सम्वन्धित अन्र्तर सघर्षले रहेकाले अहिले संकट उत्पन्न भएको बताउनुभयो । नेकपा नेता समेत रहनु भएकाले उहाँले कोरोना विरुद्ध र जनताको पक्षमा नभई पद प्राप्तिको अन्र्तर संघर्ष थियो भन्नुभयो । मन्त्री रायमाझीले पार्टीमा राजनीतिक बैचारीक बहस हुने बताउदै भन्नुभयो, ‘राष्ट्रिय समस्यासंग हुने अन्तरविरोध हुन्छ । त्यो स्वभाविक र सम्मानजनक हुन्छ । अन्र्तर विरोधसंग डराउन हुदैन् । तर यहाँ ब्यत्तिगत स्वार्थमा हुने अन्र्तर संघर्ष खतरनाथक हुन्छ ।’

 

उहाँले पाँच बुदाँमा केन्द्रीत भएर पार्टी एकता भएको स्मरण गराउदै मन्त्री रायमाझीले भन्नुभयो,‘ पद प्राप्ति र विधि विपरित अन्र्तर विरोध आएको बताउदै केपी ओली प्रधानमन्त्री र अध्यक्ष भैराखे फेरी पालो पाइदैन् भन्ने पाप र कुण्ठा पलायो ।’ पार्टी अध्यक्ष प्रचण्ड र माधव नेपाललाई लक्षित गदै उहाँले भन्नुभयो, ‘एउटालाई अध्यक्ष अर्कोलाई प्रधानमन्त्री चाहियो । पद प्रतिष्ठाले ब्यत्तिलाई अन्धो बनाउ छ । त्यही भयो । आखिर पार्टी विभाजनको अवस्थामा पुगेको छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...