पोखरा, पुस २३ गते । पोखरा महानगरपालिका वडा नम्वर १६, १९ र २० का सक्रिय वन क्षेत्र अग्नि नियन्त्रण सञ्जाललाई विहिबार कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समिति पोखरा १६, अर्मलामा आयोजित एक कार्यक्रमका विच वन डिभिजन कार्यालयले अग्नि नियन्त्रण सम्बन्धित १५ थरी सामाग्री हस्तान्तरण गरेको छ ।निमित्त डिभिजन वन अधिकृत शालिग्राम पराजुलीले सञ्जालका संयोजक जीतबहादुर बस्नेतलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
यस क्षेत्रमा हुन सक्ने दैविक प्रकोपको बेलामा अग्नी नियन्त्रण सामाग्री प्रयोगले क्षति न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा डिभिजन वन अधिकृत शालिग्राम पराजुलीले जोड दिएका थिए ।
साथै कुरखर्क सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई सिताके च्याउ सम्बन्धित तालिम पनि संचालन गरिएको थियो । तालिममा च्याउ उत्पादनमा लामो समयदेखि कार्य गरिरहनु भएका अगुवा कृषक धर्मराज थापाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संचालन समितिका सचिव मनु बस्नेतले गर्नुभएको थियो ।