पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा सम्पन्न नहुने

भौतिक प्रगती ६८ प्रतिशत, वित्तिय प्रगती ५०.२७ प्रतिशत

एकराज गिरी
पोखरा, पुस २५ गते । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६८ प्रतिशत काम सकिएको छ । पोखरा विमानस्थलको भौतिक प्रगती ६८ प्रतिशत पुरा भएको विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेले जानकारी दिनुभयो । उहाँका अनुसार वित्तिय प्रगती ५०.२७ प्रतिशत भएको छ ।

विमानस्थल निर्माणका लागि अहिलेसम्म १२ अर्ब रुपियाँ खर्च भैसकेको छ । उहाँका अनुसार हालसम्म धावनमार्ग (रनवे), आइसोलेसन पार्किङ, पहुच मार्ग, ह्याङगर, कार्गो भवन, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनल टर्मिनल भवन, फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, नाला, भवन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन् ।


भौतिक पूर्वाधार निर्माणको काम लगभग सकिएको छ उहाँले भन्नुभयो, ‘अहिले फिनिसिङको काम भैरहेको छ ।’ आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम सम्पन्न भएको छ । २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेको थियो ।

आयोजना उपप्रबन्ध पौडेलले भन्नुभो,‘कोरोना भाइरसको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोक्किएन् ।’ गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन सकेन् । अहिले विमानस्थलमा १६० जना चिनियाँ र ६२ नेपाली कामदारले विमानस्थलमा काम गरिरहनु भएको पौडेलले बताउनुभयो ।


विमानस्थलका लागि सरकारले ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । त्यतिले नपुगेपछि बेलाबेलामा थप जग्गा अधिग्रहण गरिँदै आएको छ । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । इपीसी (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आईकायो)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने छ ।


तोकिएको मितिमा सम्पन्न नहुने
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तोकिको समयमा निर्माण सम्पन्न नहुने भएको छ । विमानस्थल आयोजना उपप्रबन्धक कृष्णप्रसाद पौडेलले निर्धारित समयमै सम्पन्न नहुने बताउदै उहाँले भन्नुभयो, ‘थप केही समय लाग्ने अवस्था देखिएको छ । जुलाई सम्म निर्माण गर्न सम्भव देखिदैन् ।’ उहाँका अनुसार सन् २०२१ को अन्तिम सम्म निर्माण सम्पन्न लाग्न सक्छ । समय थपका लागि प्रस्ताव पेश गर्ने योजनामा निर्माण कम्पनी रहेको छ उहाँले बताउनुभयो । ‘समयमै नसकिने अवस्थामा छ । कम्पनी ६ महिना देखि एक वर्षसम्मको समयावधी थपका लागि प्रस्ताव पेश गर्ने सोचमा छ ।’ यसअघि तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो । तर विश्वब्यापी कोरोना भाइरसका कारण निर्माण सामग्री र जनशक्ति अभाव हुँदा काम प्रभावित भएकाले निर्धारित समयमै काम सम्पन्न नहने अवस्थामा पुगेको हो नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इञ्जीनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो ।

१०४ रोपनी जग्गाको मुआब्जा वितरण सुरु

पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि हालसम्म चार पटक जग्गा अधिग्रहण गरिएको छ । पछिल्लो समय १०४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप गरिएको जग्गाको मुआब्जा वितरण प्रक्रिया अहिले सुरु भएको आयोजना उपप्रबन्धक पौडेलले जानकारी दिनुभयो । ३१ सय रोपनीबाट थप जग्गा अधिग्रहण गरेर ३९ सय रोपनी पुगेको छ । आयोजनाका लागि ६२०, ६० र अहिले १०४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । विमानस्थलको दक्षिणपुर्वको २१२ जनाको जग्गा अधिग्रहण गरिएको हाल मुआब्जा वितरण कार्य सुरुभएको उहाँले बताउनुभयो । विमानस्थलले कूल ३९ सय रोपनी क्षेत्रफल ओगट्ेको छ । पर्यटकीय शहर पोखरामा सो विमानस्थल सञ्चालनमा आएसँगै विश्वका विभिन्न शहरमा सिधा हवाई सम्पर्क स्थापित हुने भएकाले थप पर्यटन प्रवद्र्धन हुने विश्वास पोखरेलीको रहेको छ ।

टर्मिनल भवनबाटै सिधै विमानमा

पोखरा विमानस्थलको टर्मिनल भवनबाट सिधै विमानमा पुग्न सक्ने व्यवस्था समेत गरिएको छ । नेपालमै पहिलो पहिलो हो । विमानस्थलमा दुई वटा बोडिङ ब्रिजको व्यवस्था गरिएको छ । टर्मिनल भवनबाट सिधै जहाजभित्र पुग्ने र आउन सकिने ब्यवस्था सहितको ब्रिज निर्माण गरिएको छ । विमानस्थलका आयोजना उपप्रवन्धक पौडेलका अनुसार यो सुविधा नेपालका विमानस्थल मध्य पोखरामा पहिलो हो । उक्त ब्रिजमा तीन वटा अन्तराष्ट्रिय उडानका विमान पार्किङमा रहने छन् उहाँले भन्नुभयो, ‘टर्मिन भवनबाट सिधै विमानमा चढने र ओलर्ने सुविधा यहाँ रहेको छ । अन्य विमानस्थलमा छैन् ।’ उहाँका अनुसार पोखरा विमानस्थलमा रनवे पेभमेन्ट ढलान गरिएको छ । यो ढलान बलियो हुन्छ । अन्य विमानस्थलमा जहाज अवतरण गर्दा पटक पटक समस्या आउने गरेकाले पोखराको रनवेमा पेभमेन्ट ढलान गरिएको हो उहाँले भन्नुभयो, ‘त्रिभुवन विमानस्थलमा जस्तो समस्या यहाँ आउदैन् । त्यसैले पीच नगरी ढलान गरेका छौ ।’ त्यस्तै विमानस्थल विमानस्थल पुग्न बनाइएको पहुच माग लगायत धेरै ठाँउमा ढलान गरिएको छ । बलियो र धेरै टिक्ने भएकाले ढलान गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...