एकराज गिरी
पोखरा, पुस २५ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल तेक्वान्दो संघको विवाद छिटटै अन्य हुने बताउनु भएको छ ।
नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभाको शनिबार पोखरामा उद्घाटन गदै उहाँले राखेपका उपाध्यक्षको नेतृत्वमा विवाद समाधान समिति गठन गरिएकाले सामाधान हुने दावी गर्नुभयो । राष्ट्रिय खेलकुद परिषदकै कारण सृजित विवाद भएको बताउदै सदस्यसचिव सिलवाले भन्नुभयो, ‘विवादको कारण राखेप हो । त्यसैले विवाद मिलाउने हो । विवाद बढाउन म चाहन्न ।’ परिषद्का काम विवाद ल्याउने नभई समाधान गर्ने र अनेकता भएका संघलाई एकता बनाउने हो भन्दै दुई संघवीच छिटटै एकिकरण हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले नेपाली उखान चोर्ने बुहारीलाई साँचो र वकिललाई न्यायाधीस बनाएपछि समन्याय गर्नसके मात्र न्यायाधीस हुने बताउनुभयो । तेक्वान्दो ठूलो सम्भावना बोकेको खेल भएकाले विवाद समाधान गरेर एकताका साथ अगाडी बढनुपर्नेमा जोड दिनुभयो । उहाँले तेक्वान्दोले आफनो स्थापनाको ३१ वर्षमा ३६ स्वर्णपदक दिलाउनु ठूलो भएको बताउनुभयो । उहाँले जिम्मेवारीमा बसेका ब्यक्तिहरुले आग्रह पूर्वाग्रह नराख्ने हो भने खेलकुदमा सफलता प्राप्त गर्न सकिने समेत बताउदै भन्नुभयो, ‘सकरात्मक सोच र सामुहिक एकता चाहिन्छ ।’ उहाँले पदक विजेता खेलाडीलाई रोजगारीका सृजनाका लागि नीजि क्षेत्रले सहयोग गर्नुपर्ने र त्यसका लागि संघहरुले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बैंकहरुले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगतको २५ प्रतिशत खेल क्षेत्रमा लगानी गर्ने हो भने खेल क्षेत्रले ठूलो छलाङ पार्ने र खेलाडीमा उत्साह थपिने बताउनुभयो । सदस्यसचिव सिलवालले खेलकुदका लागि पूर्वाधार आवश्यक रहेको बताउदै सबै पूर्वाधार परिषदले मात्रै बनाउन नसक्ने भएकाले नीजि साझेदारीका लागि संघहरुले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलहरुको प्राथमिकता छुट्याउनुपर्नेमा समेत जोड दिनुभयो । रिजल्ट ओरेन्टेड खेलहरुलाई प्राथमिकतामा राखेर अगाडी बढनुपर्नेमा उहाँको जोड थियो ।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले प्रकाशसम्शेर राणाको तेक्वान्दोलाई मात्र ओलम्पिक कमिटिले चिन्ने बताउनुभयो । आधिकारीक संघ प्रकाशसम्शेरको हो अरुलाई ओलम्पिकले चिन्दैन उहाँले भन्नुभयो । तेक्वान्दो संघका उपाध्यक्ष भोजबहादुर शाहले खेलकुद साझा संस्था भएको बताउदै समभाव र सम दुरीका साथ खेल क्षेत्रलाई अगाडी लैजानुपर्नेमा जोड दिनुभयो । संघका महासचिव दीपराज गुरुङले साधारण सभाले विधान संसोधन र भावी कार्ययोजना बारे साधारण सभामा छलफल हुने बताउनुभयो । संघ तेक्वान्दो खेलको विकासमा निरन्तर लागेको बताउनुभयो ।
तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगनबहादुर गुरुङले साधारण सभामा केन्द्र, प्रदेश र जिल्लाका गरी १२५ जना साधारण सभामा सहभागी भएको जानकारी दिनुभयो । यसैवीच कार्यक्रममा तेक्वान्दो हिरोर्जबाट एभिन्यूज टिभिका सुनिल पाँण्डे र नेपाल स्नेहीका नेहा पोखरेललाई सम्मापनत्र, खादा र नगद २५ हजार सहित परिषद् सदस्य सचिव सिलवालले सम्मान गर्नुभयो । कार्यक्रम तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाशसम्शेर राणाको अध्यक्षतामा भएको थियो ।