पोखरा, पुस २७ गते । गण्डकी प्रदेशका सांसद राजीव पहारीले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउदै बहुमत प्राप्त प्रधानमन्त्री जनताको वीचमा जाने विषय पश्चगामी नहुने दावी गर्नुभएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै उहाँले भन्नुभयो, ‘ब्यत्तिगत स्वार्थसंग जोडेर अमुक पद प्राप्तिका निम्ति राजनीतिक अस्थिरता मच्चाउने उद्देश्यका साथ खेलोमेलो र प्रयत्न गरिन्छ भने जनताबाट दुई तिहाई बहुमतबाट निर्वाचित संस्थाबाट दुई तिहाईबाट बनेको प्रधानमन्त्रीले जनताको वीचमा जान्छु र तीन वर्षमा गरेका कामहरु जनताबाट अनुमोदन गर्छु भन्ने कुरा पश्चगामी हैन् । अग्रगामी हो ।’ सांसद पहारीले लोकतन्त्रमा निर्वाचन नै सबैभन्दा उत्तम विकल्प भएको समेत बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारले धेरै राम्रा काम गरेको बताउनुभयो । चुनौती र अप्ठ्याराकावीच धेरै राम्रामा काम गरेको बताउदै भन्नुभयो, ‘हावामा मुठकी हान्नुको कुनै अर्थ हुदैन । तथ्यर र तथ्याङको आधारमा कामको परिणामको आधारमा सरकारको कामको प्रशसा गर्ने र कमीकमजोरीको रचनात्मक सुझाव दिएमात्रै समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सक्छौ ।’ संसद पहारीले विकास निर्माण र पूर्वाधारमा गण्डकी प्रदेशमा नयाँ लहर आएको बताउनुभयो ।
‘गाँउगाँउ टोलटोलमा विकासको लहर आएको छ । खानेपानी सरसफाई अन्र्तगत एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको छ।’ जनताले गण्डकी प्रदेश सरकारले विकास निर्माणप्रति खुशी ब्यक्त गरेको भन्दै सरकारले घोषणा गरेका बाँकी काम समेत सम्पन्न गरेर समृद्ध प्रदेश बनाउने योजना सहित लागेको बताउनुभयो ।
उहाँले प्रदेश विकास आयोजना, नीति योजना आयोग, सातै प्रदेशका मुख्यमन्त्रीहरुको पोखरामा भेला र अन्तराष्ट्रिय सम्वन्धलाई प्रगाढ बनाउने कामले संघीयता कार्यान्वयनमा अगुवाई गण्डकी प्रदेश र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अगुवाई गरेको बताउनुभयो ।उहाँले गण्डकी प्रदेश सरकार निर्माण भएको झण्डै तीन वर्ष पुग्न लागेको बतादै यो छोटो अवधिमा विभिन्न प्रतिकुलता र अप्ठयारो अवस्थामा पनि सरकारले संघीयताको जग र आधार निर्माण गदै कानून निर्माण गदै नागरीकमैत्री शासन व्यवस्थाको सुरुवात गरेको बताउनुभयो ।