पोखरा, पुस २७ गते । राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध आपत्तिजनक र अपमानजनक नारा लगाउनेहरुलाई कारबाहीको माग गदै अखिल नेपाल महिला संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अखिनले नेपाल महिला सघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीको नेतृत्वमा कास्कीका प्रमुख जिल्ला अधिकारलार्ई ज्ञापनपत्र बुझाएको हो ।
अनेमसंघ कास्कीका अध्यक्ष शुसिला पराजुलीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझउनुभयो । ज्ञापनपत्रमा विगत केही दिनदेखि यता सार्वजनिक कार्यक्रम, भेला,जुलुस नारा एवं सामाजिक सञ्जालका माध्यमद्घारा सम्माननीय राष्ट्रपति तथा सम्माननीय प्रधानमन्त्री विरुद्घ अत्यन्त अपमानजनक, आपत्तिजनक अभिव्यक्ति तथा व्यक्तिगत लाञ्छना लगाएकोमा अखिल नेपाल महिला संघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सार्वजनिक स्थल, सडकमा लगाइएका नाराहरु राष्ट्रपति र राष्ट्रको सर्वोच्च संस्थाप्रति गैरजिम्मेवार अर्मयादित र आपत्तिजनक शब्दहरुको प्रयोग गरिएकोमा घोर भत्सना गदै समाजका सम्पुर्ण कुरीति, कुसंस्कार, विकृति, विसंगति विरुद्घ लड्दै महिलाहरुको सम्मानपूर्ण जीवनयापन गर्न पाउनुपर्ने सदियौदेखिको महिला आन्दोलनले स्थापित गरेको मूल्य मान्यता विरुद्घ यस्तो न्युनस्तरको अपमानजनक व्यवहारप्रति खेद प्रकट गर्दै उक्त कार्यक्रमको नेतृत्व गरिरहनु भएका सम्पूर्ण आदरणीय नेताहरुप्रति जवाफदेही हुन जोडदार माग गर्दछौ ज्ञापनपत्रमा भनिएको छ ।
अनेमसंघले विरोधको नाममा यस्ता अपमानजनक, आपत्तिजनक गाली गलौज र उच्छृंखल गतिविधि तत्काल रोक्न र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायहरुलाई जोडदार माग गदै राष्ट्रपति विरुद्घ सडकमा लगाइएका नाराहरु राष्ट्रपति तथा समग्र महिलाहरुको मानमर्दन गर्ने उद्घेश्यले गरिएको एक नकारात्मक, महिला विरुद्घको चरम हिंसा भएको ठहर गदै यस्ता जघन्य कार्य रोक्नका निम्ति अखिल नेपाल महिला संघ कास्की जोडदार माग गर्दछ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझाउदै अनेमसघ केन्द्रीय सदस्य मित्रकुमारी सुवेदी गुरुङले राष्ट्रको सम्मानित पदमा आसिन ब्यक्तिलाई अर्मादित भाषा प्रयोग गर्ने कार्य तल्लोस्तरको भएको बताउनुभयो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले गतल गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।