सफल पोखरा म्याराथनमा थपियो महिला हाफ म्याराथन, विजेतालाई १ लाख

पोखरा,पुस २७ गते । सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १५ औँ संस्करण फागुनमा हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन १ गते पोखरा म्याराथन गर्ने तयारी गरेको जानकारी दिएको हो ।प्रतियोगितामा अन्तर्राष्ट्रियका लागि ४२.१९५ कि.मी र महिलाका लागि हाफ २१ किमिको दौड हुनेछ । १५ औँ सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा यस वर्षदेखि नयाँ इभेन्ट थपिएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च म्याराथन बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षबाट महिलाहरुको हाफ म्याराथन(२१ कि.मी) थप गरिएको जनाएको छ ।

महिला खेलाडीहरुको भुमिकासंगै महिलालाई खेल तर्फ आकर्षण र उनीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले हाफ म्याराथन थप गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । म्याराथन विजेताले २ लाख, द्धितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वनाले २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै हाफ म्याराथनमा विजेताले १ लाख, द्धितियले ७५ हजार, तृतियले ५० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । ४२ किलो मिटर र हाफ म्याराथन फागुन १ गते हुने छ भने मञ्चले यस अघि गदै आएको ह्वील चियर महिला÷पुरुष दौड, दृष्टिविहीन महिला÷पुरुष दौड फागुन २२ गते गर्ने भएको छ । त्यस्तै १० कि.मी महिला÷पुरुष दौड चैत १४ गते र पाँच कि.मी छात्रछात्रा दौड बैशाख ४ गते गर्ने तयारी गरिएको पत्रकार सम्मेनलमा अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

 

विश्वब्यापी रुपमा फैलिएको कारोना भाइरका कारण धेरै भिडभाड नहुने गरी कार्यक्रमलाई वर्गिकरण गरिएको बताउनुभयो । प्रतियोगिता सफल बनाउन १९ वटा विभिन्न उपसमिति गठन गरेर तयारी थालिएको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि सफल डेरी मुख्य प्रायोजन रहेको र प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि सफल दुधले ४ लाख ५० हजार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकाले दश÷दश लाख र राष्ट्रिय खेलकुद परिषदले ५ लाख रुपैयाँ वार्षिक रुपमै विनियोजन गरेको बताइएको छ । आयोजकले यस पटक रनफर फन आयोजना नगर्ने भएको छ । विगतमा रनफरफन गदै आएको भएपनि यस पटक कोरोना जोखिमका कारण त्यसलाई बैशाख ४ गते आयोजना हुने छात्र छात्रा दौडसंगै गरिने योजना बनाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...