गाडीको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गदै ज्ञापनपत्र

पोखरा, पुस २९ गते । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गरेको छ ।


महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ताहरु लाई घरदैलोमा उपभोग्य बस्तुहरु पु¥याउने विभिन्न ढुवानीका साधनहरुको स्वरुप परिवर्तन गरि हट टप, सफ्ट टप, खन्डे जाली, भ्यान्टिलेसन, ढोका, ¥याक, छाना निर्माण गरि सन्चालन गर्न पाउनुपर्ने माग गरेको हो ।

 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्दा ट्राफिक प्रहरीले हरेकपटक १ हजार रुपैयाँ जरिवाना तिराउनु व्यवहारिक नभएको जिकिर गरे । पोखरा पानीपर्ने ठाउँ भएको र खुल्ला रुपले सामान ढुवानी गर्दा समस्या पर्ने गरेको बताउँदै उनले व्यवसायीलाई दुःख दिने काम बन्द गर्न आग्रह पनि गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...