काठमाडौ, पुस २९ गते । राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्ग र बिश्व जुनियर नं. ११ औं खेलाडी प्रिन्स दाहालले प्रतियोगिताको पहिलो दिन राष्ट्रिय १६ ¥याङ्किङ्गको प्रतियोगितामा आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै विजयी सुरुवात गरेका छन् । लिगको पहिलो खेलमा सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१ । ७, २१ । ११ ले तथा दोश्रो खेलमा एपिएफका गौतम कठायतलाई २१ । १८, २१ । १२ को जित निकाले ।
यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१।१६, २१।११ ले तथा दोश्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१।१२, २१।१३ ले पराजित गरे । यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१।११, २ १।७ ले तथा पुलिसका सुनिल जोशीमाथी २१।१८, २१।११ को जित निकाले । सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथी २१।८, १९।२१ र २१।८ तथा भोजपुरका बिकास श्रेष्ठमाथी २१।१७, २१।२३, २४।२२ को जित निकाले । यसैगरि सेनका नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९।२१, २१।१७, २१।१७ तथा दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१।७, २१।१३ ले पराजित गरे । जित निकालेर अघि बढ्ने क्रममा भोजपुरका खेलाडी बिकास श्रेष्ठले एपिएफका विजीत थापामगरमाथी २१।१६, २१।१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथी २१।१२, ९।२१, २१।१८ले, एपिएफका गौतम कठायतले धादिङ्गका सुदीप सेंढाईलाई २१।९, २१।१०ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२।२०, २१।१० ले पराजित गरे । प्रतियोगिताको अन्तिम लिग बिहिबार हुने रेफ्रि किरण कारञ्जितले बताए ।
यस्ते महिला राष्ट्रिय १२ ¥याङ्किङ्ग लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङ्गकी तारा आलेलाई २१।१२, २१।११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१।६, २१।५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१।३, २१।३ ले तथा एपिएफकी जेशिका गुरुङ्गले मनिषालाई २१।५, २१।४ ले पराजित गरे । यसैगरि भोजपुरकी नङ्गशलदेवी तामाङ्गले विराट ब्याडमिन्टन क्बलकी २१।१९, २१।१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१।१५, २०।२२, २१।१५ ले पराजित गरे ।
पुरुष एलकलको राष्ट्रिय १६ ¥याङ्किङ्ग बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ्ग, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।