निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलागाैं – राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

पत्रकार महासंघ कास्कीको साधारण सभा शुरु

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्न अनुराेध गरेका छन् । निर्वाचन हुँदैन भन्ने हल्लाको पछि लाग्दा निर्वाचन नचाहने र देशलाई अस्थिरतातर्फ धकेल्न चाहने शक्तिलाई फाइदा पुग्ने भन्दै लोकतन्त्रमा विश्वास गर्ने शक्तिले निर्वाचनमा विश्वास गर्नुपर्ने बताएका छन् ।

पोखरामा आयोजित पत्रकार महासंघ कास्कीको १५ अाै साधारण सभा तथा पुरस्कार/ सम्मान अर्पण कार्यक्रममा बाेल्दै अध्यक्ष तिमिल्सिनाले जनताले नेकपाका माध्यमबाट देशमा स्थिरता चाहेकाे भएपनि नेकपा स्वयं आफैले स्थिरता दिन असफल रहेको उल्लेख गरे । नेकपाको फुट नेपाली जनताको पक्षमा नभएको तर ताजा घटनाक्रम अनुसार घोषित मितिमै निर्वाचनमा जानुकाे विकल्प नभएको उनकाे धारणा थियो । उनले निर्वाचनको माहाैल बनाउन पत्रकारहरुलाई अनुराेध पनि गरे ।

संसद विघटनको विषय सर्वाेच्च अदालतले फैसला गर्ने भएकोले ठिक बेठिक के भन्नेतर्फ लाग्नुभन्दा निर्वाचनकाे वातावरण बनाउने भूमिका खेल्नेतर्फ पत्रकारहरु लाग्नुपर्ने उनकाे सुझाव थियो ।

महासंघद्धारा सम्मान तथा विभिन्न पुरस्कार अर्पण

महासंघ कास्कीको १५ अाै साधारण सभाबाट कास्कीका विभिन्न सञ्चारमाध्यममा क्रियाशिल आठजना पत्रकार तथा महासंघ कास्कीका कार्यालय सचिव र उत्कृष्ट सदस्य एकजना गरि कुल १० जना सम्मानित तथा पुरस्कृत भएका छन् ।

महासंघ कास्कीले सञ्चाल गदै आएको जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७६ बाट पत्रकार अर्जुन गिरी, २०७७ बाट भीम थापा, मिना सृजनशिल पत्रकारीता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारीता पुरस्कार २०७६ बाट कमल पोडैल अर्थक, २०७७ बाट पत्रकार मोतिसागर अधिकारी, आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । त्यस्तै, दयाशंकर पालिखे पत्रकारीता पुरस्कार २०७६ बाट पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, र जगेन्द्र भण्डारी पत्रकारीता पुरस्कार २०७७ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।

यस्तै, संस्थागततर्फ सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टलाई पोखरा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । साधारणसभाको अवसरमा महासंघले उत्कृष्ट शाखा सदस्यका रुपमा पत्रकार कृष्ण दवाडीलाई पुरस्कृत गरेको छ । महासंघमा निरन्तर १२ बर्षभन्दा बढि सेवा गरे वापत महासंघको कार्यालय सचिव जगत कार्कीलाई दीर्घसेवा सम्मानबाट महासंघले सम्मानित गरेको छ ।

दयाशंकरको ५५ हजार ५ सय ५५ दोसल्ला र सम्मानपत्र रहेको छ । जगन्नाथ सिग्देल पुरस्कारको राशी ११ हजार १ सय ११ सम्मानपत्र र दोसल्ला रहेको छ । टंकादेवी तुलसी प्रसाद पुरस्कारको राशी २० हजार, दोसल्ला र सम्मानपत्र रहेको छ भने गगेन्द्र भण्डारी पुरस्कारको राशि २५ हजार, सम्मापत्र र दोसल्ला रहेको छ भन आर्थिक पत्रकारीता पुरस्कारको राशी १५ हजार रुपैयाँ सम्मानपत्र र दोसल्ला रहेको छ । यस्तै पोखरा पत्रकारीता संस्थागत सम्मान सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टलार्य प्रदान गरिने भएको छ । पोखरा पत्रकारीता पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र र दोसल्ला रहेको छ ।

उद्घाटन सत्रमा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पाेखरेल, पुरस्कार संस्थापकको तर्फबाट विभिन्न संस्थापक तथा परिवार, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पाैडेललगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...