पत्रकार महासंघ कास्कीद्धारा साधारण सभामा सम्मान तथा पुरस्कार अर्पण

पोखरा, माघ २ गते ।नेपाल पत्रकार महासंघ कास्कीको १५ औ साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभामा कास्कीका कास्कीका विभिन्न सञ्चारमाध्यममा क्रियाशिल आठजना पत्रकार तथा महासंघ कास्कीका कार्यालय सचिव र उत्कृष्ट सदस्य एकजना गरि कुल १० जना सम्मानित तथा पुरस्कृत भएका छन् ।

महासंघ कास्कीले सञ्चाल गदै आएको स्वः दयाशंकर पालिखे स्मृति पत्रकारीता पुरस्कार २०७६ बाट पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र जगेन्द्र भण्डारी पत्रकारीता पुरस्कार २०७७ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।

त्यस्तै जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७६ बाट पत्रकार अर्जुन गिरी, २०७७ बाट भीम थापा, मिना सृजनशिल पत्रकारीता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारीता पुरस्कार २०७६ बाट कमल पोडैल अर्थक, २०७७ बाट पत्रकार मोतिसागर अधिकारी, आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् ।

 

यता संस्थागततर्फ सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टलाई पोखरा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । साधारणसभाको अवसरमा महासंघले उत्कृष्ट शाखा सदस्यका रुपमा पत्रकार कृष्ण दवाडीलाई पुरस्कृत गरेको छ । महासंघमा निरन्तर १२ बर्षभन्दा बढि सेवा गरे वापत महासंघको कार्यालय सचिव जगत कार्कीलाई दीर्घसेवा सम्मानबाट महासंघले सम्मानित गरेको छ ।

 

दयाशंकरको ५५ हजार ५ सय ५५ दोसल्ला र सम्मानपत्र रहेको छ । जगन्नाथ सिग्देल पुरस्कारको राशी ११ हजार १ सय ११ सम्मानपत्र र दोसल्ला रहेको छ । टंकादेवी तुलसी प्रसाद पुरस्कारको राशी २० हजार, दोसल्ला र सम्मानपत्र रहेको छ भने गगेन्द्र भण्डारी पुरस्कारको राशि २५ हजार, सम्मापत्र र दोसल्ला रहेको छ भन आर्थिक पत्रकारीता पुरस्कारको राशी १५ हजार रुपैयाँ सम्मानपत्र र दोसल्ला रहेको छ ।

 

यस्तै पोखरा पत्रकारीता संस्थागत सम्मान सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टलार्य प्रदान गरिने भएको छ । पोखरा पत्रकारीता पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र र दोसल्ला रहेको छ ।सम्पानित तथा पुरस्कृत सवैलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले सम्मान गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...