पोखराका कृषकलाई कृषक परिचयपत्र वितरण सुरु

किसानका लागि गौरवको विषय ः मन्त्री थापा मगर

पोखरा, माघ १६ गते । पोखरा महानगरपालिकाले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको छ । नेपालमै पहिलो पटक पोखरा महानगरले कृषकलाई परिचयपत्र वितरण सुरु गरेको हो । गण्डकी प्रदेश सरकारले बनाएको कृषक वर्गिकरण तथा पचियपत्र सम्वन्धि कार्यविधि र महानगरको पशु विकास अनुदान सम्वन्धि कार्यविधि अनुसार किसालाई वर्गिकरण गरेर परिचयपत्र वितरण सुरु गरेको महानगर कृषि शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । शाखाले पहिलो चरणमा २८८ जना किसानलाई परिचयपत्र वितरण गरेको हो ।


गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री लेखबाहदुर थापा मगरले शुक्रबार एक कार्यक्रमका वीच कृषकलाई परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहाँले कुखुरा पालक किसान तेजबहादुर भटराईलाई परिचयपत्र हस्तान्तरण गरेर मन्त्री मगरले कार्यक्रममको सुरुवात गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री लेखबहादुर थापा मगरले परिचयपत्र वितरण किसानका लागि गौरवको विषय भएको बताउनुभयो । ‘परिचयपत्र वितरण किसानको पहिचानको हो । त्यसैले यो कार्यक्रम महत्वपुर्ण छ ।’


उहाँले राज्यले प्रदान गर्ने अनुदान र निर्माण गर्ने नीति नियम निर्माणा समेत सहज हुने विश्वास ब्यक्त गर्नुभयो । कृषक वर्र्गीकरण। कृषक पेन्सन अनिर्वाय हुने अवस्थामा परिचयपत्रको महत्व अझ बढने बताउदै उहाँले भन्नुभयो,‘राज्यबाट प्राप्त गर्ने सेवासुविधा प्राप्त गर्न र कृषकको पहिचानका लागि महत्व राख्छ ।’ उहाँले प्रदेशले किसान वर्गीकरणका पाँच आधार तयार गरेको र त्यही आधारमा महानगरले परिचयपत्र वितण गरेको सुरुवात गरेको बताउनुभयो । ‘प्रदेश सरकारले भुमिहिन किसान, दैनिक ज्यालादारी किसान, मध्यम किसान, उद्यमी किसान र ठुला किसान गरी पाँच आधार तय गरेको छ ।’उहाँले कृषक परिचयपत्रको सुरुवात पोखराबाट भएपनि यसलाई देशब्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले तीनै तहका सरकारले जिम्मेवारी बहन गरेर कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले उत्पादनमुखी कार्यलाई प्राथमिकता दिएको बताउदै उत्पादक किसान तयार नहुदाँसम्म कृषिको विकास नहुने बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई मजबुत बनाउनुपर्ने बताउदै त्यसपछि प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरणमा सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका प्रमुख मानबाहदुर जिसीले किसानले उत्पादन गरेका बस्तुका लागि बजारीकरण गर्ने जिम्मा लिने बताउदै उत्पादनमा ध्यान दिन किसानलाई आग्रह गर्नुभयो । निर्वाहमुखी भन्दापनि उत्पादन र व्यवसायीक बन्न प्रमुख जिसीले आग्रह गर्नुभयो । उहाँले अहिले कृषिको अनुदान सरकारको नेतृत्वकर्ता दलका कार्यकता र हुनेखानेले लगेको बताउदै कृषक परिचयपत्रले अनुदान वितरणमा समेत सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

 

कुखरा पालक किसान तेजबहादुर भटराईले परिचत्रयपत्र वितरणले किसानलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सरकारले किसालनाई पहिचान दिएको बताउनुभयो । राष्ट्रिय पशु प्रवद्धन केन्द्र पोखराका प्रमुख नारायण शर्माले विधिवत रुपमा परिचयपत्र वितरण सुरुवात भएको भन्दै यो आवश्यक रहेको र यसलाई देशब्यापी रुपमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले परिचयपत्र वितरणले राज्यका सेवासुविधाको ग्यारेन्टी गरेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...